महसुल तिरेपछि प्राधिकरणले बत्ती जोड्यो
इलाम : बक्यौता रहेको रु एक लाख ७२ हजार महसुल रकम तिरेपछि इलाम नगरपालिकाको व्यापारिक भवन सिटी मार्टको लाइन पुनः सञ्चालन भएको छ । विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले सो मार्टको लाइन काटेको थियो । व्यापारिक महललगायत एक हजार २५० जना ग्राहकको लाइन काटेको सम्बन्धी समाचार शुक्रबार राससमा आएको थियो । समाचार आएपछि नगरपालिकाले पैसा महसुल तिरेको छ । महसुल तिरेपछि विद्युत् सञ्चालन भएको हो ।
हालसम्मको बक्यौता रकम रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेपछि पुनः विद्युत् लाइन सञ्चालन भएको नेपाल विद्युत् प्राधिकणका प्रमुख देवराज पौडेलले जानकारी दिए । ६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ । इलाम नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको थियो ।
प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० जना ग्राहकको विद्युत् लाइन काटेको छ । गएको साउनदेखि हालसम्ममा दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलामका प्रमुख देवराज पौडेलले जानकारी दिए ।
उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेपछि विद्युत् जडान गरिएको छैन । बत्ती काट्न थालेपछि अटेर गर्ने ग्राकहहले समयमा नै पैसा तिर्ने भएकाले पनि प्राधिकरणले यस्तो गर्न थालेको जनाइएको छ । रासस

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_sd2V82ldJM_zntfooblhjksp4mf0fswefjyxobzprjso2yyiey0mhftokiqdj0tg0gwlqgr.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

प्रतिक्रिया