ह्वात्तै बढ्यो कोभिड संक्रमण, थपिए ९४४ संक्रमित

काठमाडौँ : नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ६ सय ९६ जना र ३ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोनाका कारण कसैैको पनि ज्यान गएको छैन ।
हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ६ जना निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ४० सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया