नेकपामा किन आयो फाटो ? ईश्वर पोखरेल भन्छन्- तिता कुरा कति सहनु !

जनकपुरधाम : केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपालको पदीय लोलुपता तथा कुण्ठाको कारणले पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् ।
सोमबार प्रदेश २ को सिरहामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पोखरेलले भने 'पार्टी एकताको बेला हामी खुशी भएका थियौं । अब मुलुकमा स्थायी सरकार र राजनीतिक स्थिरता हुन्छ भनी तर सरकार बनेको एक वर्ष नबित्दै जनताको आवश्यकता र मुलुकको विकासबारे कहिले पनि छलफल नगरी कहिले मेरो फलानो मान्छेलाई मन्त्री बनाइ देऊ त कहिले राजनीतिक नियुक्त गर्नु भनी झमेला गर्दै आए ।'
'हामीले पार्टीको एकता कायम राख्न सबै तितामिठा कुरा सहेर बस्यौं' उनले भने 'सरकार गठनको दोश्रो वर्ष बित्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले प्रधानमन्त्री पदबाट त कहिले अध्यक्ष पदबाट राजीनामा दिनु भनी तत्कालिन एमालेका गुटबन्दीमा लागेका नेता नेपाललाई लिएर दबाब दिन थाले ।'
पोखरेलले दुई तिहाईको बहुमतले कुनै व्यक्तिले होइन जनताले सरकार बनाउने जनादेश दिएको बताए । उनले भने 'पार्टीभित्रको किचिलो अन्त्य पार्न जनता जर्नादन हो, पदमा बस्ने नबस्ने फैसला जनताले नै गरोस भन्ने उद्देश्यका साथ ताजा जनादेशका लागि निर्वाचनमा गएका हौं ।'

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया