दाहालले १० वटा सरकार गिराइसके : लेखराज भट्ट

धनगढी : केपी शर्मा ओली नेतृत्वको नेकपाका सुदूरपश्चिम संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहालले १० वटा सरकार गिराइसकेको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन् ।
‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नु भएको रेकर्ड छ । पार्टी त नेकपासम्म उहाँले विघटन गराउनुभयो । यो प्रवृत्तिविरुध्द हामी जनताको बीचमा गइरहेका छौं,' उनले भने 'बैशाखमा निर्वाचन हुने भएकाले नेकपा त्यसको तयारीमा जुटिसकेका छौं ।'
उनले तत्कालै प्रदेश सरकार फेरबदलको कसरतमा आफ्नो पक्ष नलागेको उनले बताए । ‘संस्थापन पक्ष छ, यसले कसैलाई बदलिहाल्ने र कसैसँग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन्,’ उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलाप गर्नुहुन्छ । त्यसलाई गम्भिरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौं । छिट्टै स्थायी समितिको बैठक बस्छ । त्यसले कस्तो कदम चाल्नेबारे निर्णय गर्छ ।’
उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरीत काम गरेको बताए ।

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

घाँटीमा मासु अड्किएर कुँवरको मृत्यु

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

युवालाई दमाहा बजाउने कला सिकाइँदै

डढेलो लाग्न नदिन उच्च सतर्कता

प्रतिक्रिया