‘भूलभूलैया २’मा विद्या बालनको प्रवेश

मुम्बई - ‘भूलभूलैया २’मा विद्या बालन पनि रहने भएकी छिन् । निर्देशक अनिश बज्मीले मिडडेसँग कुरा गर्दै फिल्ममा विद्याको पनि भूमिका रहेको बताएका छन् ।
सन् २०११मा प्रदर्शन भएको ‘भूलभूलैया’ विद्याले राजकीय भूतको रुपमा दमदार भूमिका निर्वाह गरेकी थिइन् ।
‘आमी जे तोमार’ बोलको गीत गाउँदै मन्जुलिकाको रुपमा तर्साउने उनको भूमिकालाई दर्शकले अत्यधिक रुचाएका थिए । दोस्रो भाग बन्ने खबर आएर कलाकारको नाम सार्वजनिक हुँदा यो सूचीमा विद्या थिइनन् । फिल्ममा कार्तिक आर्यन, कियरा आडवानी र तब्बुको भूमिका रहने बताइएको थियो ।
निर्देशन अनिश बज्मीले मन्जुलिकाको चरित्र आफूलाई मनपर्ने चरित्र भएकाले फिल्ममा त्यो समावेश रहने बताएका छन् । ‘यदि भूलभूलैया छ भने त्यहाँ मन्जुलिका हुन्छिन् नै,’ अनिश बज्मीलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।
सन् २००५ मा ‘परिनीता’बाट डेब्यु गरेकी विद्या बालन विना हिरो पनि फिल्म हाँक्ने सक्ने अभिनेत्री मानिन्छिन् । उनले मात्र लिड गरेका थुप्रै फिल्मले पैसा र प्रशंसकसँगै पाएका प्रशस्त उदाहरण छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया