प्रतिनिधि सभा विघटनको जवाफ पुन:स्थापना बाहेक केही हुन्न : रघुजी पन्त

काठमाडौं : नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् । सोमबार दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक पश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुध्द संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् ।
पन्तले प्रतिनिधि सभा विघटनको सम्बन्धमा सवोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले प्रतिनिधि सभा विघटनको जवाफ पुन:स्थापना बाहेक केही हुन नसक्ने उनले बताए ।
संविधानले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाई छ । स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड दाहाल-नेपाल पक्षसँग भएको, बहुमत भएको, सुर्य चिन्ह आफुहरुले पाउने, प्रतिनिधि सभा पुर्नस्थापना हुने रनेकपाको सम्पति आफुहरुको हुने दाबी गरे ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया