मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

काठमाडौँको प्रदूषण ४३१ पुग्‍यो, तीन सय पुगे विपद्‌ घोषणा गर्ने सरकारको निर्णय अलपत्र

भुषण तुलाधरको ट्‌वीटबाट ।

काठमाडौँ : आज काठमाडौँ उपत्यकामा वायु गुणस्तर ४३१ पुगेको छ । वन र पर्यावरण मन्त्रालय वातावरण विभागको वेभसाइट अनुसार भैसेपाटीको एक्यूआई  ४३१ पुगेको हो । त्‍यस्तै रत्नपार्कको एक्यूआई ३३२ रहेको वेभसाइटमा उल्लेख छ ।

वायु प्रदूषणले काठमाडौंको स्थिति भयावह बन्दै गएको विज्ञहरूले बताएका छन् । काठमाडौंको प्रदूषण निक्कै बढेको भन्दै चिकित्सकहरुले त्यसबाट बच्‍नुपर्ने बताएका छन् । वायु प्रदूषणले श्वास प्रश्वासमा समस्या आउने विज्ञहरूले बताएका छन् ।

२०७६ माघ ३ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार एक्यूआई ३०० भन्दा बढी भए विपद्‌को रुपमा लिने निर्णय गरेको थियो । जाडोसँगै वायु प्रदूषण बढ्दा जनजीवन थप कष्टकर बन्दैछ । वायू प्रदूषणले घाटी दुख्‌ने रुघा खोकी लाग्‍ने जरो आउने जस्ता विरामी बढेका छन् ।