साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

साइप्रस- साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । ’
कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ ।
नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया