दुईको मृत्यु

डोटी : जिल्लाको पूर्वीचौँकी गाउँपालिका-२ मा भीरबाट लडेर ६० वर्षीय काले भुलको मृत्यु भएको छ ।
गोरु गोठालो गएका बेला जौपुल्ले भीरबाट लडेर उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
जिल्ला अस्पताल डोटीमा शव परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी अछाम जिल्लाको मङ्गलसेन नगरपालिका-१३ की ५३ वर्षीया विशुदेवी ढुङ्गानाको ढुङ्गा लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भारत्या भन्ने जङ्गलमा घास काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै मुत्यु भएको हो । रासस
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया