महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या

महोत्तरी- मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्यो ।
त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीया लक्ष्मीकुमारी घरको धुरी बलोमा सलले पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । चौरासियाको मृत्युलाई पनि आत्महत्याकै सूचीमा नाम सूचिकृत गरियो ।
तुरुन्तै दुई दिनपछि जलेश्वर खैरागाउँकी १७ वर्षीया अमृताकुमारी साह पनि मृत अवस्थामा भेटिइन् । पंखामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी अमृताको पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गरियो ।
उनीहरूको जस्तै आत्महत्याको सूचीमा राखिएका एक महिनाको अवधिमा १८ जना पुगेका छन्, जसमध्ये सात जना पुरुष र ११ जना महिला छन् । धेरैजसो अधबैंसे महिला छन् । महोत्तरीमा विगतका तथ्यांकलाई समेत केलाउँदा महिलाहरू नै किन आत्महत्या रोजिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार हरेक दुई दिनमा एक महिलाले आत्महत्या गरिरहेको छन् । धेरैजसो गरिबीको कारणले मृत्युवरण गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
तर, आत्महत्यापछि घटनाको गहिराइसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म आत्महत्यामा दुरुत्साहनको आरोपमा कोही पक्राउ परेका छैनन् ।
यसले झन् महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको मानवअधिकार समबन्धी मुद्दामा खबरदारी गर्ने संस्था इन्सेकको ठहर छ ।
इन्सेक नेपालका प्रदेश प्रतिनिधि अजय साह गरिबी र जिवीकोपार्जनका लागि समस्या बन्दा कतिपयले आत्महत्याको बाटो रोजेतापनि धेरैलाइ आत्महत्या गर्न बाध्य पारिने गरेको बताउँछन् ।
विवाहित महिलाहरूको हकमा भने काहीँ न काहीँ आत्महत्या दुरुत्साहन नै जोडिएको जानकारहरू बताउँछन । दाइजो र छोरी जन्मेकै आधारमा कतिपय महिलाको मृत्युको कारण बनेको छ ।
तर, आत्महत्या गरिएका हरेकलाई प्रहरीले थप अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म कुनै घटनाको सत्यतथ्य बाहिर आउन सकेका छैनन् । समाजशास्त्रीहरूको अनुसार आत्महत्या बहिष्करणको नै परिणाम हो ।
दाइजो, सामाजिक कुरीति तथा अन्धविश्वास, बेरोजगार, गरिबीको कारणले पनि आत्महत्या गर्नेको संख्या बढेको हो । मृत्युवरण गरिरहेका हुन्छन । समाजशास्त्रीय दृष्टिकोणमा पुरुषभन्दा महिला बढी भावुक र संवेदनशील स्वभावका कारण आत्महत्याको छिटो निर्णय लिन पुग्छन् ।
मंसिरदेखि पुससम्मको तथ्यांक हेर्ने हो भने १८ वटा आत्महत्याका घटनामा सात जना पुरुषले समेत आत्महत्या गरेका छन । तर, महिलाको तुलनामा यो संख्या न्यून हो ।
गत शनिबार एकैरात तीन जनाले आत्महत्या गरे । जसमध्ये दुई जना पुरुष छन् । पिपरा गाउँपालिकाका रामसुन्दर यादव र गौशाला नगरपालिकाका विजय यादवले गाम्छाको पासो लगाई घरभित्रै आत्महत्या गरेको प्रहरीको रिपोर्ट छ । सोही राति बर्दिबास नगरपालिका–६ कि २६ वर्षीया सरस्वती शर्माले पनि विष सेवन गरी आत्महत्या गरिन् । मृत्युको घरायसी कारण भएको निष्कर्ष निकाल्दै प्रहरी थप अनुसन्धानमा जुटेको छ ।
एक महिनाको अवधिमा सवैभन्दा बढी बर्दिबास नगरपालिकामा आत्महत्या भएका छन् । बर्दिबास नगरपालिकाका विभिन्न ठाउँमा गरि ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । न्युज कारखाना

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया