शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल

सुनाकाेठी- ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ । झन्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएकाे छ ।

९२ किलोमिटर लम्बाइ रहेको कान्ति लोकपथअन्तर्गत पर्ने सुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइए पनि मुआब्जा र क्षतिपूर्ति नदिँदा विस्तार भएन । ०७७ सालमा सरकारले यथास्थितिमै सडक कालोपत्र गरेको थियो । 

पर्खाल लगाउँदा  सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश घिमिरेले बताए । उनले भने, ‘सडक साँघुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सजिलो भएको थियो । अब पर्खाल लगाएपछि  दोहोरो गाडी छिर्न मुश्किल भयो ।’

साँघुरो सडक त्यसमाथि बीचबाट महानगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि सडकमा सधै जाम हुने गरेकाे छ । उनले भने, ‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ । महानगरले बुझ्नुपर्ने हो ।’

फुटपाथ बनाउन भन्दै महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराजा महर्जनले फुटपाथ बनाउने काम सुरु गरेको बताएका छन् । सम्पदा क्षेत्र रहेको ठाउँ फोहोर रहेकाले व्लक छाप्न पेटी बनाएको बताए । उनले भने, ‘कालोपत्रे भएको सडकमा पर्खाल लगाएको होइन, अघिल्लो वर्ष पनि यहाँ पर्खाल लगाइएको थियो ।’

महानगरले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष कविन्द्र डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए । टोलवासीको योजनामा पर्खाल लगाइएको उनले बताए । उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो । फोहोर पनि भयो । सुनाकोठीमा जताततै व्लक राखिएको छ ।’

 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…