शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

अछाममा दिउँसो सवा १२ बजेदेखि मतदान

अछाम- नेकपा एमाले अछामको आठाैँ अधिवेशनमा अझै मतदान भएको छैन । निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने समय तोकिएको थियो । सोमबार बिहान पुनः अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने निर्वाचन अधिकृत कृष्ण प्रशाद ढुंगानाले जानकारी दिएका छन् ।

एमाले अछामको नयाँ नेतृत्वको लागि दुई पक्ष आमुनेसामुने भएका छन् । सुदूरपश्चिममै विशेष गरी हेरिएको अछामको अधिवेशनमा दुई पक्ष चुनावी मैदानमा होमिएका छन् ।

सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार दुवै पक्षले मनोनयन दर्तासमेत गरिसकेका छन् ।

एक समूहबाट अध्यक्ष पदमा चन्द्र बोहरा उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद, सह सचिवमा शेरबहादुर बुढा, डम्बर बिसी, रहेका छन् भने अर्को पक्षबाट अध्यक्षमा प्रकाश शाह, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी)उप–सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अछामका ९१ वडाका ७०० बढी प्रतिनिधिले जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दै छन्