एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै
ताप्लेजुङ- एमाले ताप्लेजुङकाे नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोका अनुसार १२ बजेदेखि मतदान हुने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ ।
संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । थेवेलाई केपी ओलीले समानान्तर पार्टी कमिटी गठन गर्दा जिल्ला अध्यक्ष जिम्मेवारी दिएको थियो । सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएका थिए । तर पछि नेपालले नयाँ पार्टी दर्ता गरेपछि एमालेमै फर्किएका हुन् ।
साम्सोहाङ र थेवेको उम्मेदवारी मनोनयन पत्रको प्रमाणीकरण इञ्चार्ज तिलकुमार मेन्याङ्वोले र अन्य पदाधिकारी तथा सदस्यको उम्मेदवारी दर्ताको प्रमाणीकरण साम्सोहाङ र थेवेले संयुक्त गरेर निवाचन समितिसमक्ष पुग्ने व्यवस्था मिलाइएको छ । साम्सोहाङ पक्षबाट उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा, उपसचिवद्वयमा मणिशंकर पोमू र सन्तोष चोङ्वाङले उम्मेदारी दिने गरी यो समूहले सूची तयार गरेको छ।
सहसंयोजक थेवे समूहबाट उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू (दीपेन) र लिलाचक्र गुरुङले उम्मेदवार दिने गरी यो समूहले आफ्नो पक्षका उम्मेदवारको टुंगाे लगाएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया