करेन्ट लागेर प्रधानाध्यापककाे मृत्यु

तेह्रथुम - तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरीचौकीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया