तोकिएकै समयमा निर्वाचन गराउन सर्वोच्चमा रिट

काठमाडौं : तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिपक बिक्रम मिश्रले सोमबार तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्दै रिट दायर गरेका हुन् । निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नु/नगराउनु अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटको आज पेसी राखिएको छ ।
सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । निर्वाचनको विषयमा नेकपाभित्रै विवाद छ । जनताले दिएको पाँच वर्ष नबित्दै प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुध्द पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाएको थियो ।
कतिपयले कोरोना महामारीमा निर्वाचन गराउने अर्बौं रुपैयाँले कोरोना भ्याक्सिन खरिद गर्नुपर्ने तर्क गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया