सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

जनताको आर्थिक स्तर उकास्न सहकारीको मुख्य भूमिका : मुख्यमन्त्री राउत

जनकपुरधाम - निम्न र विपन्न वर्गसहित ग्रामीण जनताको आर्थिक स्तर उकास्न सहकारी संस्थाको मुख्य भूमिका रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

सोमबार राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक प्रादेशिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले निम्न र विपन्न आय परिवारका व्यक्तिसहित ग्रामीण क्षेत्रका जनताको आर्थिक स्तर उकास्नमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनका अनुसार अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारी रहेको भन्ने कुरा संविधानले पनि स्वीकार गरिसकेको छ । थोरै पुँजीलाई एकत्रित गरेर आमजनताले सहकारीमार्फत लाभान्वित हुँदै आएकोले यसमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी भए अझ प्रभावकारी हुने उनले बताए ।

उनले भने, 'सहकारीसम्बन्धी ऐन ल्याएर प्रदेश सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गरिसकेको छ, कानून कार्यान्वयन आइसकेपछि प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानी भएपछि जनता अझ लाभान्वित हुनेछन्।'

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले सहकारीले समाजकाे आर्थिक विकासमा टेवा पर्‍याउँदै आएकाे बताए । उनले भने,'यसको दायरा बढाइएमा अझ प्रभावकारी हुनेछ।' सो अवसरमा अध्यक्ष उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…