कोरोनाले एकै रातमा तीन जनाको मृत्यु

बुटवल : बाँकेमा एकै रात ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा १ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिएका छन् ।
दाङबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना रहेका १३ वर्षीय बालक र कञ्चनपुरबाट उपचारका लागि आएका एक जना पुरुष सहित २ जना तथा भेरी अस्पताल नेपालगन्जमा उपचाररत जानकी गाँउपालिकाका ६८ वर्षीय एक जना गरि ३ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।
बाँकेमा उपचाररत जिल्ला बाहिरका ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेमा हालसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया