सुनमायालाई कर्णालीमा सम्मान

वीरेन्द्रनगर- थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्रा ट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सम्मान गरेको छ । एक सय १० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी सुनमायालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश राजधानी सुर्खेतमा स्वागत गरेका हुन् ।
सोमबार काठमाडौंबाट प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगेकी सुनमायालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरू रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ ।
मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको बताए । उनले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको जानकारी दिए ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया