‘चन्डीगढ करे आशिकी’बन्यो २४ घन्टामा सबैभन्दा बढी हेरिने फिल्म

मुम्बई -हलमा रिलिज भएर औसत व्यापार गरेको फिल्म ‘चन्डीगढ करे आशिकी’ले स्ट्रिमिङमा भने पर्याप्त दर्शक पाएको छ । गत शुक्रबार नेटफ्लिक्समा रिलिज भएको यो फिल्म २४ घन्टा सर्वाधिक हेरिने फिल्मको रुपमा सूचीकृत भएको थियो ।
फिल्मले रेकर्ड कायम गरेपछि यसका मुख्य अभिनेता आयुष्मान खुरानाले लैंगिक समावेशिताको मुद्दा धेरैसम्म पुगेको बताएका छन् । ‘हामी लैगिक समावेशिताको मुद्दा धेरैभन्दा धेरैसम्म पुगोस् भन्ने चाहान्थ्यौँ । यति धेरै मानिसले यो फिल्म पुरै हेर्नुभयो, यसले हाम्रो चाहना पूरा भएको छ,’आयुष्मानले भनेका छन् ।
अभिषेक कपुरले निर्देशन गरेको यो फिल्मले ट्रान्स जेन्डरको मुद्दालाई उठाएको छ । फिल्ममा आयुष्मान खुराना र वाणी कपुरको जोडी देख्न सकिन्छ ।
हलमा महिना दिन अघि सार्वजनिक भएको फिल्मले औसत व्यापार गरे पनि हेर्ने दर्शकबाट धाप पाएको थियो । यो फिल्मबाट आयुष्मानभन्दा पनि वाणी कपुरको कामको तारिफ भएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया