जीमेल १० अर्ब पटक डाउनलोड हुने चौथो एप

काठमाडौँ - जीमेल एप एन्ड्रोइडमा १० अर्ब पटक डाउनलोड हुने चौथो एप बनेको छ। यसअघि गुगल प्ले सर्भिस, युट्युब र गुगल म्याप्सले १० अर्ब डाउनलोड हुने रेकर्ड तोडेका थिए । रोचक कुरा त के छ भने यी चारै एप गुगलकै हुन्, जसले एन्ड्रोइड स्मार्टफोनमा १० अर्ब डाउनलोडको आँकडा पार गरेका छन् । सामान्यतया व्यक्तिगत ई-मेलका लागि जीमेल प्रयोग हुने गरेको छ ।
त्यस्तै एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नका लागि जीमेल आईडी अनिवार्य हुन्छ । एन्ड्रोइड फोनका फिचर प्रयोग गर्नको लागि प्रयोगकर्ताले जीमेल आइडी राखेपछि मात्र यसको विभिन्न फिचर प्रयोग गर्न सक्नेछन् ।
हालै मात्र कम्पनीले ईमेल पठाइसकेपछि पुनः फिर्ता ल्याउन सकिने फिचर समेत दिन सुरु गरेको छ । अनडु नामक यो फिचरको सहयोगमा तपाईंले ईमेल पठाइसकेको ३० सेकेन्डभित्र फिर्ता ल्याउन सक्नुहुन्छ । यस अघि यो सीमा पाँच सेकेन्डमा सीमित रहेको थियो ।
पछिल्लो पटक जीमेलमा (अन डुु सेन्ड) फिचर थपिएको थियो। जसले प्रयोगकर्ताहरुलाई विभिन्न समयमा इमेल रिकल गर्ने सुविधा दिन्छ। यसअघि गुगलले गलत रूपमा पठाइएको इमेल फिर्ता ल्याउन ५ सेकेन्डको सुविधा दिँदै आएको थियो। सबैभन्दा पहिला एन्ड्रोइडमा १० अर्ब इन्स्टल पुर्याउनेमा गुगल प्ले सर्भिस, दोस्रोमा युट्युब र तेस्रोमा गुगल म्याप हुन्।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया