एमाले जिल्ला अधिवेशन : पाँच घण्टामा १९४ मत खस्यो

अछाम - नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै सुस्त देखिएको छ ।
बिहान ९ बजेबाट सुरू भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म घन्टामा एक सय ९४ मत खसेको निर्वाचन समितिका सदस्य भीम बुढाले जानकारी दिए । मतदान ढिला भएको भन्दै मतदाताहरूले आक्रोश पोखेको छन् ।
मतदान गर्न डेढ घन्टासम्म लाइन बस्नु परेको उनीहरूको गुनासो छ । एक जनाले मतदान गर्न २० मिनेट लाग्ने गरेको छ। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाउँदा कमजोरी भएको मतदाताहरूको आरोप छ ।
यही गतिमा मतदान भए राति १२ बजेसम्म पनि मतदान नसकिने मतदाताहरू बताउँछन् । मतदान प्रक्रिया छिटो बनाउन अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया