सुर्खेत गढीमा पृथ्वीनारायण शाहको शालिक

सुर्खेत - पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सुर्खेतको गढीमा शालिक स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १४स्थित ऐतिहासिक क्षेत्र गढीमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको हो । नेपाली सेनाको पश्चिम कमान्ड हेडक्वाटर निमारेले उक्त शालिक राखेको हो ।
नेपाली सेना सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले सालिका अनावरण गरेका हुन् । सेनाले यसअघि गढी प्रवेशद्वारमा गेट निर्माण गरेर इतिहास उल्लेख दस्तावेजसहित शाहको तस्बिर राखेको थियो ।
ऐतिहासिक संस्कति संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने मुख्य उदेश्यले सालिक राखिएको कमाण्ड सेनापति उपरथी शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गोठीकाँडामा रहेको बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको छ । गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बढ्ने विश्वास नेपाली सेनाको रहेको छ ।
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_paxPLOjC5M_9dftcsux2srs3rlnnqdtg8lhdnbgraz6iktg6ikvz3sklvye5jgarpwhd1sy.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

प्रतिक्रिया