प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई नहटाउन माग गरिएको रिट खारेज
विराटनगर - मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारले खारेज गरेको प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मालाई हटाउने निर्णयविरुद्धको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ । मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार रिट निवेदन खारेज गरेको जनाइएको छ ।
प्रदेश १ सरकारको मंसिर ९ गतेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान र कार्यकारी निर्देशक शर्माको पदसमेत खारेज गरेको गर्ने निर्णय गरेको थियो । राजनीतिक उदेश्यका लागि मात्रै पदबाट हटाएको भन्दै कार्यकारी निर्देशक शर्माले सरकारको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा सरकारविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
पुस १४ मा उच्च अदालत विराटनगरले सरकारका नाममा अन्तरिम आदेश दिंदै शर्मालाई कार्यकारी निर्देशकका रुपमा काम गर्न नरोक्नु भनि आदेश दिएको थियो । त्यहि आदेशलाई निरन्तरता दिंदै पुस २५ मा भएको पेशीमा पनि उच्च अदालतले प्रदेश १ सरकारको मन्त्रिपरिषद्को सक्कल निर्णय झिकाउन सरकारलाई आदेश दिएको थियो ।
सरकारको निर्णयको आधारमा उच्च अदालतले प्रादेशिक संचार प्रतिष्ठानको कार्यकारी निर्देशक पदबाट नहटाउने मागमा दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै कार्यकारी निर्देशक पद स्वतः खारेज भएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया