भाइलाई हराएर नेकपा एमाले जाजरकोटको अध्यक्ष बने खीमबहादुर

जाजरकोट - नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् ।
विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी भए । करवीरले २ सय १० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए ।
यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् । यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न् ।
उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया