सरकार सुरक्षित देखेपछि मुख्यमन्त्री पोख्रेल सभा सम्मेलनमा व्यस्त

बुटवल : नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश सरकार अल्पमतमा पर्न थालेका छन् । अहिले प्रदेश १ र वाग्मती सरकार अल्पमतमा परेका छन् । दुवै सरकारविरुध्द अविश्वासको प्रस्तावसमेत दर्ता भइसकेको छ । तर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल भने आफ्नो सरकार सुरक्षित रहेको भन्दै अन्य प्रदेशका सभामा हिंड्न थालेका छन् ।
लुम्बिनीमा दाहाल–नेपाल समूहका सांसद्ले समेत साथ दिएपछि मुख्यमन्त्री ढुक्क भएका हुन् । उनी ओलीका विश्वास पात्र मानिन्छन् । ओली समूहले गरेका कार्यक्रममा वक्ता बनेर विभिन्न जिल्ला पुग्न थालेका छन् । उनले हालै चितवनलगायतका विभिन्न जिल्लामा पुगेर सम्बोधन गरिसकेका छन् ।
दाहाल छोडेर ओली समूहमा
पछिल्लो समय सांसदहरूले समूह परिवर्तन गर्न थालेका छन् । पछिल्लो समय समूह परिर्वतन गर्ने मध्येका एक हुन माधव शर्मा । उनी पुष्पकमल दाहालका विश्वास पात्र मानिन्थे । उनले रुपन्देहीबाट प्रदेश सभामा निर्वाचित सांसद् हुन् । द्वन्द्वकालमै दाहाल निकट रहेर काम गरेका शर्मा सो समूहका लुम्बिनी प्रदेशकै प्रभावशाली नेताका रुपमा चिनिएका थिए । उनी लुम्बिनी प्रदेशको विषयगत समिति उद्योग वन वातावरण सामितिका सभापती पनि हुन् । केहि समयदेखि शर्मा मन्त्री बन्ने चर्चा चलेको थियो ।
जब पार्टी विभाजनको अवस्थामा पुग्यो सुरुको दुई दिन उनी दाहाल–नेपाल पक्षको विरोध सभामा पुगेर भाषण पनि गरे । तर, लगत्तै उनले सडक छोडे । नेकपा महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेलमार्फत उनी ओली समूहमा आएका हुन् । उनी मात्र होइन सँगै ५ जना प्रदेश सभा सदस्य पनि आउने उनले दाबी गरे । प्रदेश सभाका उम्मेद्वार अनुप बरालसंगै ओली समूहमा लागेका शर्माको प्रवेशसंगै शंकर पोख्रेल नेतृत्वको सरकार बलियो बनेको हो ।
दाहाल–नेपाल समुहकै प्रदेश सभा सदस्य दिनेश पन्थी पनि ओली समूहमा लागेका छन् । उनले औपचारिक रुपमा घोषणा नगरे पनि दाहाल–नेपाल पक्षको आन्दोलनको कार्यक्रममा सहभागी हुन छोडेका छन् । उनी गुल्मी जिल्लाबाट प्रदेश सभामा निर्वाचित सदस्य हुन् । दुवै प्रदेशसभा सदस्य केन्द्रीय कमिटीको जिम्मेवारीमा पनि छन् ।
त्यसो त माधवकुमार निकट मानिने रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, गुल्मीका कमलराज श्रेष्ठ, पश्चिम नवलपरासीका वैजनाथ चौधरीलगायतले पनि पुरानो समूह छाडेका छन् । उनीहरूले यतिबेला ओली समूहमा लागेको प्रष्टीकरण दिइसकेका छन् । कुल ८७ जना सदस्य रहेको लुम्बिनी प्रदेश सभामा बहुमत सदस्य (६१ जना) नेकपाका रहेका छन् । ति मध्ये ४१ जना पूर्वएमाले र २० जना पूर्वमाओवादीका सांसद छन् ।
त्यस्तै, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एकजना छन् । ‘लुम्बिनी प्रदेश अन्तरगत साविक लुम्बिनी अञ्चल ओली पक्षको बलियो आधार भएको क्षेत्र हो । जहाँ नेकपा शीर्ष तहमा रहेका महासचिव विष्णु पौडेल, प्रदिप ज्ञवाली, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा ओली समूहमा छन् । त्यसो त नेकपामा वौद्धिक र वैचारिक नेताको रुपमा चिनिने घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेलगायतका नेता पुष्पकमल दाहाल–माधव नेपाल समूहमा छन् ।
प्रदेशसभामा तत्कालीन एमालेले ४१ सिट जितेको मध्ये ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद् थिए । नेपाल पक्षका विष्णु पन्थीबाहेक अन्य प्रदेश सभा सदस्यले खुलेर सो समूहमा देखिएका छैनन् । उनीहरू पर्ख र हेरको अवस्थामा छन् । दाहाल–नेपाल पक्षले पूर्वमाओवादीका २० सांसदसंगै रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरी, कमला विक, गुल्मीका कमल श्रेष्ठ, दाङका ईन्द्रजित थारुलगायतलाई आफ्नो पक्षको बताउँदै आएका थिए ।
अहिले यी सबैजनालाई ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । बाँकी प्रदेशसभा सदस्यहरूले समेत संघीय सरकारमा जे भए पनि प्रदेशमा समीकरण नफेर्ने बताउँदै आएका छन् ।
थापालाई छोडेर दाहाल–नेपाल समूहमा
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ओली समूहमा लागे पनि लुम्बिनी प्रदेशमा रहेका उनी निकट प्रदेश सभा सदस्यहरू भने दाहाल–नेपाल क्याम्पमा लागेका छन् । उनी निकट मानिने आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले थापाको साथ छोडेका छन् । पूर्वमाओवादीमा थापा निकट रहेका प्रदेशसभा सदस्यहरू आफ्नो समूहमा लाग्ने विश्वास ओली समूहले गरेको थियो ।
तर सभामुख घर्र्ती र मन्त्री केसीलाई जिल्लाका कार्यकर्ताहरूको दवावका कारण थापाको साथ छोडनु पर्ने बाध्यता आइलागेको बताइन्छ । रुकुम र रोल्पाबाट निर्वाचित यी दुवैजना दाहाल–नेपाल समूह छोडदा जिल्लामा आगामी निर्वाचनमा हार हुन सक्ने डरले यस्तो अवस्था श्रृजना भएको बताइन्छ ।
लुम्बिनीमा बामदेवको प्रभाव
औपचारिक रुपमा कुनै गुटमा नभएको बताउदै आएका बामदेव गौतमको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । गौतम निकट लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेल गौतम निकट हुन् । उनको पनि अहिलेसम्म कुनै गुटमा सहभागिता देखिएको छैन ।
बाँकेबाट प्रतिनिधित्व गर्ने मन्त्री पौडेल बामदेवको निर्णयको पर्खाइमा रहेको उनी निकटहरूले बताएका छन् । त्यस्तै लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारु पनि कतै खुलेकी छैनन् । उनी पनि गौतम निकट भएको दाबी गरिएको छ ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया