क्युबेकमा खोप नलगाएकालाई स्वास्थ्य कर

क्युबेक- क्यानडाको क्युबेक प्रान्तमा कोभिड-१९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ । कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो ।
‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने तयारी गरेका छौ । किनकी उनीहरू सम्पूर्ण क्युबेक प्रान्तका लागि बोझ हुन्,’ क्युबेक प्रान्तका प्रमुख फ्रान्कोइस लेगाल्टले भने ।
उनका अनुसार खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोप नलगाएका वा लगाउन अटेरी गर्नेलाई कर लगाइने उनले बताए । खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन् ।
आईसीयूमा उपचारार्थ ५० प्रतिशत व्यक्तिमध्ये अधिकांश खोप नलगाएका भएको उनको भनाई छ । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया