कोभिड बढेपछि तियानजिन सहरमा यात्रा प्रतिबन्ध

बेइजिङ- कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरूले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् । संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।
तियाजिनका अधिकारीहरूले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।
ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया