पृथ्वीनारायण शाह हिँडेको बाटोमा ‘रुमाले’ पदयात्रा

काठमाडौँ : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौँ एकीकरण मार्ग यात्रा सुरू भएको छ । सहसेनानीको नेतृत्वमा ४० जनाको टोली त्यस यात्रामा सहभागि छन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्ने छन् । गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको ‘रुमाले’ पदमार्ग २६ कोषको छ । र्याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्ला संवद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । त्यहाँबाट हिँडेका भन्दा पनि बीचबीचमा झण्डा र टर्च हस्तान्तरण गरेर तीन टोली मार्फत काठमाडौँ आइपुग्ने हो ।
गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ । गोरखबाट हिँडेको टोलीले धादिङको सल्यान्टारमा देविदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ । धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाडौं आइपुग्ने हो ।
उनीहरू पुस २६ मा काठमाडौँ आइपुग्नेछन् । २६ र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा टोली सहभागी हुनेछ । सरकारले पुस २७ मा विदा समेत नदिए पनि नेपाली सेनाले यस्तो पदयात्रा गत वर्ष देखि थालेको हो ।
सेनाको मुख्यालयमा पनि पृथ्वी नारायण शाहको प्रतिक छ । पदयात्रामा हिड्नेले राष्ट्रिय र सेनाको झण्डा, टर्च, बाटो खर्च (खाना) बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ । इतिहासको संरक्षण गर्न एकीकरण मार्गको पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले जनाएको छ । ‘सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो, इतिहास जोगाउन यस्तो अभियान देशब्यापी चलिरहेको छ,’ नेपाली सेनाले भनेकोछ ।
पृथ्वी नारायण शाहलाई साथ दिने तत्कालिन सेनाका गणमा गोर्खालीहरूको योगदान ठूलो रहेको बताइन्छ । पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको महत्वलाई कमजोर बनाउँदै आइरहेको समयम नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गोर्खाली फौजले १८०१ साल असोज १५ मा नुवाकोटमाथी विजयी गर्दै काठमाडौँ प्रवेश गरेर नेपाल एकीकरणको थप सफलता मिलेको भनिन्छ । त्यही एकिकरणले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य सेनाको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया