शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

लोकसेवाले माग्‍यो ठूलो संख्‍यामा सुब्‍बा

फाइल तस्बिर

काठमाडौँ- लोकसेवा आयोगले ठूलो संख्यामा सुब्‍बा सरहको कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले कर्मचारी माग गरेको हो ।

आयोगले न्याय, प्रशासन सेवा, लेखापरीक्षण र संघीय संसद्‌मा कर्मचारी माग गरेको हो । खुला, महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रलाई कोटा तय गरेर विज्ञापन आव्हान गरिएको छ ।

इच्‍छुकहरूले  आयोगको काठमाडौँ, धनकुटा, जलेश्‍वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट आवेदन दिन सकिने आयोगले जनाएको छ ।