भिरबाट लडेर ५५ वर्षीय लैनबहादुरको मृत्यु

तेह्रथुम - फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेकाे भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार ज्यान गएको हो । डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको छ ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया