म दुई तिहाइको सर्वसम्मत अध्यक्ष : नेपाल

काठमाडौं : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफू दुई तिहाइ केन्द्रीय सदस्यहरूबाट चुनिएको सर्वसम्मत भएको अध्यक्ष भएको बताएका छन् ।
जनता समाजवादी पार्टीले मंगलबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफू वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावलाई दुई तिहाइ केन्द्रीय सदस्यले अनुमोदन गरेर अध्यक्ष बनेको बताए ।
‘म वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय सदस्यहरुले सर्वसम्मत चयन गरेको अध्यक्ष हुँ,’ नेपालले भने, ‘हामी नै आधिकारिक हौँ । दुई तिहाइ सदस्य भएको आधिकारिक हुन्छ कि, अल्पमतको, त्यो तपाईहरू आफै भन्नुस ।’
ओलीले नेतृत्व गरेको गुट नेकपा नभएको नेपालले बताए । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई माया लागे नेकपा (ओली गुट) भन्न आग्रह गरे । ओलीले पार्टीका नीति निर्देशन नमान्दै निरंकुश शैली अपनाएपछि अनुशासनको कारबाही गरिएको उनले बताए ।
‘ओलीलाई हामीले अनुशासनको कारबाही गरेका हौ । संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो । संस्थागत निर्णयका आधारमा अगाडि बढ्नुस् भनेर पटक-पटक भन्दा नमानेपछि कारबाहीको विकल्प रहेन,’ नेता नेपालले भने, ‘त्यसपछि अनुशासनको कारबाही गरेर पार्टीबाट बर्खास्त गर्यौ ।’
ओलीलाई कमयुनिष्ट पार्टी मन नपर्ने नेपालले बताए । ओलीको अधिनायकवादी प्रवृत्ति नसच्चिदासम्म प्रति संघर्ष जारी राख्ने नेपालले बताए ।
आफ्नो पदीय मर्यादा नबुझी प्रधानमन्त्री बोलिदिँदा त्यसको प्रभावका कारण आफूहरूको शीर झुक्ने गरेको नेपालले बताए ।
नेपालले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार नदिएको पनि बताएका छन् । प्रतिनिधि सभा पुनस्थापना नहुदासम्म आफूहरूको आन्दोलन जारी रहने उनको भनाइ थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया