सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

आईएफआईसीको सेयर चौधरी समूहलाई नबेच्‍न अन्तरिम आदेश

काठमाडौँ– बंगलादेशी वाणिज्य बैंक, आईएफआईसीको नेपाल बंगलादेश बैंकमा रहेको सेयर बिक्री रोक्न काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । 

सनराइज बैंकका अध्यक्ष समेत रहेका मोतीलाल दुगडले दायर गरेको मुद्दामा सुनुवाई गर्दै अदालतले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश दिएको छ । यसबारे लिखित जवाफ पेस गर्न नेपाल बंगलादेश (एनबी बैंक)लाई एक साताको समय प्रदान गरिएको छ । 

जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले सो आदेश दिएको हो । 

केही समयअघि दुगड समूहलाई आईएफआईसीले एनबी बैंकको ३ करोड ६८ लाख २७ हजार चार सय २६ कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँका दरले सेयर बेच्न तयार भएको थियो । तर, बंगलादेशीले यदि नेपाल राष्ट्र बैंकले दुगड समूहलाई सेयर बेच्न अनुमति दिएको अवस्थामा मात्रै सेयर बेच्न सहमति गरेको थियो । 

दुगडले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी आईएफआईसीले २ अप्रिल २०२१ मा स्वीकृत गरी कारार कार्य अगाडि बढिसकेको भन्ने पत्र उजुरी सहित पेस गरेको भन्दै अदालतले उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो सात दिनभित्र लिखित जबाफ पेश गर्न विपक्षहरुका नाममा म्याद जारी गरी लिखित जबाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानुसार पेस गर्नु भनि आदेशसमेत दिएको छ ।

दुगडले आइसीएफसीसँगको सम्झौताको प्रतिलिपी नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पनि बुझाएका थिए । 

‘सम्झौतापछि ६–७ महिनासम्म विभिन्न करेस्पोन्डेन्स भएका छन्,’ दुगडले भने । दुगडको पछिल्लो दुई महिनादेखि आइसीएफसीसँग सम्पर्क विच्छेद भएको थियो । यही बीचमा चौधरी समूहले एनबी बैंकको उक्त सेयर किन्ने प्रस्ताव अघि बढाएको थियो । 

एनबी बैंकलाई नबिल बैंकमा मर्ज गराएर चौधरी समूहले ठूलो ब्यालेन्स सीट (वासलात) भएको बैंक बनाउन चाहेका थियो । 

आइएफआइसीको एनबी बैंकमा रहेको ४१.९१ प्रतिशत सेयर व्यवसायिक घराना चौधरी समूहले खरिद गर्न लागेको थियो । उद्योगपति विनोद चौधरीकी श्रीमति सारिका चौधरीको नाममा उक्त बैंकको ४ करोड २२ लाख ६७ हजार ९ सय ११ कित्ता सेयर ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँमा किन्ने सहमति भएको थियो । 

दुगडसँग यो सेयर खरिदका लागि शंकर ग्रुप र गोल्छा अर्गनाइजेसनले पनि टिमअप गरेका थिए । तर, एकाएक चौधरी समूहसँग डिल भएको खबर आएपछि दुगडले काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । 

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…