एमाले जिल्ला अधिवेशन : तीन सय मत गन्दा बोहरा अघि
अछाम : नेकपा एमाले अछामको आठौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणम आउन थालेको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यान अघि देखिएको छ ।
मंगलबार भएको मतदानको बुधबार बिहानदेखि गणना सुरु भएको हो । जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ ।
पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्ने छ नेकपा एमाले अछामले जनाएको छ । यस्तै तीन सय मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायम छ । बोहरा २२ मतले अघि छ्न् । बोहराले एक सय ५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले एक सय ३६ मत पाएका छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया