पाल्पा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पा - पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी-७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिन्धुरेमा किराना पसलदेखि घर फर्कनेक्रमा लु६प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए । मोटरसाइकलको पछाडि सवार मृतक गाहारी श्रीमती नीरमाया गाहा घाइते भएकी छन् । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

आफ्नो सुरक्षाका लागि भारत प्रहरीसामु आत्मसमर्पण गर्यौँः प्रसाईको सचिवालयल

दुर्गा प्रसाई पक्राउ

‘एडुक्लेभ ३.०’ सम्पन्न : शिक्षा क्षेत्रको सम्भावना, चुनौती र समाधानबारे गहिरो छ…

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिँदै

नेपाल बारमा मिश्रको प्यानलै विजयी

कपालमा फिटकरी लगाउँदा हुनेछ धेरै फाइदा

प्रतिक्रिया