श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ

कपिलवस्तु - श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।
डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ ।
मंगलबार राति १०:३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका-६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए ।
छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया