‘अल्पमतमा परेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्छन् !’

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलले प्रतिनिधि सभा विघटन गर्नु अगाडि नै अल्पमतमा परिसकेको बताएका छन् । उनीविरुध्द विघटन गर्नु अगावै अविश्वासको प्रस्ताव दर्ता भइसकेको भनाइ उनको छ ।
पार्टीले मंगलबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटनको सिफारिस गर्नु अगावै उनीविरुध्द ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेर संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेको बताए ।
‘प्रतिनिधि सभा विघटन अगावै प्रधानमन्त्री अल्पमतमा परिसक्नु भएको थियो । उहाँविरुध्द ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरिसकेका थिए,’ अध्यक्ष यादवले भने, ‘अल्पमतमा परिसकेको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार हुँदैन । संविधान र कानुनअनुसार यसो गर्न मिल्दैन ।’
अल्पमतमा परिसकेका प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएकोले अहिलेपनि प्रतिनिधि सभा ज्यूदै रहेको यादवले बताए ।

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

प्रतिक्रिया