गठबन्धन टिकाउन झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टाँगिएको छ : यामलाल कँडेल

सुर्खेत - नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले कर्णाली सकारले गठबन्धन टिकाउन राज्यको स्रोते दोहोन गरेको आरोप लगाएका छन् ।
आज प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा धारणा राख्दै नेता कँडेलले यस्तो आरोप लगाएका हुन् ।
‘राज्यको साधन स्रोतको दुरूपयोग गरेर गठबन्धन टिकाउने बाटोमा हिँडेपछि कसको के लाग्छ र ’ उनले भने, ‘मन्त्रालय र गठबन्धन टिकाउन झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टंगाइएको छ, ।’ यो आर्थिक वर्षमा प्रदेश सरकारले बनाएका योजनाहरू समाजको आवश्यकता अनुसार नभएको कँडेलले आरोप लगाए । सरकारले टुक्रे योजनाहरू बनाएर रकम वितरणमुखी कार्यक्रमलाई अघि बढाएको उनले बताए ।
‘कर्णाली प्रदेश सरकार व्यवहारमा अनुभूति गर्ने गरी प्रस्तुत भएको छैन’ उनले भने, ‘सरकार अभिलेखमा मात्र छ, व्यवहारमा अनुभूति गर्नेगरी छैन। व्यवहारमा अनुभूति हुनेगरी आउनुहोस् एमालेले सहयोग गर्छ।’ महेन्द्रबहादुर शाहीपछि नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दलको बेवास्ता गरेको कँडेलले गुनासो पोखे ।
संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिए पनि प्रतिपक्षीको बेवास्ता गर्नुले सरकार जबर्जस्ती आफ्नै बाटोमा हिँडेको उनले बताए । बैठकमा माओवादी केन्द्रको तर्फबाट सांसद ठम्मर विष्टले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भइरहेको भन्दै मुख्यमन्त्रीको आलोचना गरे । उनले प्रदेशको नामाकरणमा अगाडी भएतापनि अन्य काममा अघि बढ्न नसकेको बताए ।
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_paxPLOjC5M_9dftcsux2srs3rlnnqdtg8lhdnbgraz6iktg6ikvz3sklvye5jgarpwhd1sy.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

प्रतिक्रिया