नयाँ रेकर्ड बनाएपछि स्थिर हुने प्रयासमा सेयर बजार

काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज सामान्य ओरालो लागेको छ । मंगलबार नेप्से ३.५४ अंकले घटेर २,१६५.४९ बिन्दूमा रोकिएको छ । आइतबार नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै २,१७५.३९ अंकमा पुगेको थियो । यसअघि बिहीबार नेप्से परिसूचकले मंसीर १७ को रेकर्ड तोडेको थियो । यसअघि मंसीर १७ मा नेप्से उच्च बिन्दूमा पुगेपछि त्यसको एक महिनापछि पुस १६ मा मात्र नेप्सेले नयाँ रेकर्ड बनाएको देखिन्छ । आइतबारको उच्च बिन्दू २,१७५.३९ अंकको थ्रेसहोल्डमा भने नेप्से लामो समय अडिने देखिदैंन । मंसीर १७ को रेकर्डपछि नयाँ रेकर्ड बनाउन करिब एक महिना लागेपनि त्यो क्रम अब छिटो हुनसक्ने सेयर बजार विश्लेषकहरूले बताएका छन् ।
मंगलबार नेप्सेमा जलविद्युत् समूहको परिसूचक ३.१२ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनी र विकास बैंक समूहको परिसूचक पनि बढेको छ । अन्य समूहका परिसूचक भने ओरालो लागेको छ । नेप्सेले नयाँ रेकर्ड बनाएपछि यसमै पनि लाभ लिन सेयर किन्ने भन्दा पनि बिक्री गर्ने धेरै भएपछि मंगलबार बजार सामान्य घटेको छ । यद्यपि बजार सामान्य मात्र घट्नुले बजारमा लगानी गर्नेहरूको आकर्षण पनि कायमै देखिन्छ ।
जनउत्थान सामुदायिक लघुवित्त, नारायणी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ ।
यो साता लगातार बढीरहेको साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य ६ प्रतिशतले, हिमालयन डिस्टिलरीको ३.५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी लिमिटेड (प्रबद्र्धक सेयर), विशाल बजार कम्पनी तथा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लगायतको सेयर मूल्य साढे दुई प्रतिशतभन्दा बढीले घटेको छ ।
मंगलबार नेप्सेमा २०६ कम्पनीको ४ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका एक करोड आठ लाख नौ हजार ६ सय २५ कित्ता सेयर ४२ हजार पाँच सय १४ ओटा कारोबारमार्फत किनबेच भएको छ । कुल बजार पुँजीकरण २९ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
मिति |
नेप्से परिसूचक |
कारोबार |
पुस १, बुधबार |
२०५५.२२ |
५ अर्ब १४ करोड |
पुस २, बिहीबार |
२०३२.५१ |
६ अर्ब ७६ करोड |
पुस ५, आइतबार |
१९३५.६३ |
९ अर्ब ४ करोड |
पुस ६, सोमबार |
१९६५.९६ |
६ अर्ब ६९ करोड |
पुस ७, मंगलबार |
२०६१.४१ |
६ अर्ब ७४ करोड |
पुस ८, बुधबार |
२०६८.५६ |
६ अर्ब ८६ करोड |
पुस ९, बिहीवार |
२०३८.६३ |
५ अर्ब ३६ करोड |
पुस १२, आइतबार |
१९९८.६५ |
४ अर्ब ५९ करोड |
पुस १३, सोमबार |
२०१२.८९ |
४ अर्ब ९ करोड |
पुस १४, मंगलबार |
२००७.२९ |
३ अर्ब ८५ करोड |
पुस १५, बुधबार |
२,०६२.०६ |
४ अर्ब ४५ करोड |
पुस १६, बिहीबार |
२,०८७.२७ |
५ अर्ब ७० करोड |
पुस १९, आइतबार |
२,१७५.३९ |
६ अर्ब ३४ करोड |
पुस २०, सोमबार |
२,१६९.०४ |
५ अर्ब ९६ करोड |
पुस २२, मंगलबार |
२,१६५.४९ |
४ अर्ब ५६ करोड |

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया