आयोगले स्वीकृत गर्यो मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि

काठमाडौँ : निर्वाचन आयोगले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ स्वीकृत गरेको छ । त्यो कार्यविधि कार्यान्वयनका लागि ‘मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७’ पनि स्वीकृत भएको आयोगका प्रवक्ता सचिव राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको छ ।
प्रवक्ता श्रेष्ठले पुस २३ गते बिहीबारबाट जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुने बताए । त्यसका लागि आयोगले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति बनाएको छ । समितिले उक्त यो काम माघ १७ गतेसम्म सक्नुपर्ने कार्यतालिका पनि स्वीकृत भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यो कार्यसँगै अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया पनि सुरु गरिएको आयोगले जनाएको छ ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया