यी हुन् कोभिड–१९को उच्च जोखिममा रहेका नौ जिल्ला

काठमाडौं– कोभिड–१९ को तेस्रो लहर सुरू भएसँगै नेपालमा पनि संक्रमणको त्रास बढेको छ । पछिल्लो सातादेखि कोभिड ग्राफले उचाईतिर लम्कँदै गरेकाले त्रास बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभरका २ जिल्ला संञmमणमुक्त रहेको छ । मुगु र मुस्ताङमा संक्रमित छैनन् । अन्यमध्ये नौ जिल्ला उच्च् जोखिखमा रहेका छन् ।
मन्त्रालयकाअनुसार उपत्यकाका तीन वटै जिल्लासहित मोरङ, सुनसरी, चितवन, कास्की, बाँके र कैलाली उच्च जोखिममा रहेका छन् । ययी जिल्लाहरूमा संक्रमितको संख्यासमेत दिनहुँ बढ्दो छ । पछिल्ला तथ्यांकअनुसार यी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बुधबारको तथ्यांक हो। मंगलबार देखिएको नयाँ संक्रमितभन्दा यो ६ सय ३१ ले बढी रहेको मन्त्रालयले जनाएको छ। । उपत्यकामा मात्रै एक हजार पाँच सय ३८ नयाँ संक्रमित थपिएका थिए ।
तथ्यांकअनुसार काठमाडौंमा एक हजार एक सय २८, ललितपुर दुई सय ३६ र भक्तपुरमा एक सय ३४ सक्रिय संक्रमित छन् । अन्य जिल्लामा पनि संक्रमितको संख्या बढ्दो छ । मन्त्रालयले संक्रमण दर रोक्न स्मार्ट लकडाउनको घोषणा गरिसकेको छ । स्वास्थ्य मापदण्ड अपनाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन अनुरोध सरकारले गरेको छ । सार्वजनिक रुपमा भेला नगर्न र २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा नहुनसरकारले उर्दी जारी गरेको छ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया