दसैंमा भाइब्जको ‘मात्र तिमी’

काठमाडौं : नेप्लिज अमेरिकन रक व्यान्ड ‘द भाइब्ज’ ले दसैंको पूर्वसन्ध्यामा अमेरिकामा नै छायांकन गरेको ‘मात्र तिमी’ बोलको गीत सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बमजनको छायांकन र निर्देशनमा तयार भएको हो । भिडियोमा व्यान्डका गितारिस्ट रुपक लामा र उनको पत्नी इन्दिरा राईले अभिनय गरेका छन् ।
व्यान्डले केही समय अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो । व्यान्डले २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्यान्डको ‘कुनै जादु’ बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो ।
ब्यान्डले सन् २००९ बाट औपचारिक रुपमा गायन सुरु गरेको हो । सोही साल ‘द भाइब्ज जेनेरेसन’ नाममा रक गीति एल्बम सार्वजनिक गरेको व्यान्डले दोस्रो एल्बम सन् २०१३ मा ‘को हुँ म’ नाममा बजारमा ल्याएको थियो । व्यान्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिस्ट रहेका छन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया