प्रधानमन्त्री कपः सुदूरपश्चिमको नाममा पहिलो जित

काठमाडौं- प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो । यो हारसँगै कर्णालीले दोस्रो पराजय भोग्यो ।
यसअघि सुदुरपश्चिमले नेपाल पुलिस क्लबसँग दुई रनको पराजय भोगेको थियो ।
आज भएको खेलमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य कर्णालीभे भेट्टाउन सकेन । कर्णाली १९.१ ओभरमा अलआउट भयो । उसले हुदै मात्र १ सय ६ रन मात्रै जोड्यो ।
कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे । चार चौका प्रहर गरेका उनले ४३ बल खेलेका थिए। त्यस्तै २४ बलमा तीन चौका र एक छक्का हिर्काएका अर्जुन घर्तीले ३० रन बनाए।
सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे । हेमन्त धामीको नाममा दुई विकेट रह्यो । एक–एक विकेट आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीको हात पारे । सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो । उसले टस हारेर पहिले ब्याटिङ गरेको थियो।
सुदुरपश्चिमको जितका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन जोडे । चार चौका र एक छक्काको योग दिएका उनले २३ बल खेले । त्यस्तै,वसन्त कार्कीले १७ बलमा २८ रन बनाउदा तीन छक्का प्रहार गरे । दिपक बोहराले २५ र खडक बोहराले २२ रन जोडे ।
कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पार्दा रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट र दिनेश अधिकारीले एक विकेट बनाए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया