बिजुलीको पोल सार्न १ लाख ४० हजार रुपैयाँ घुस !
विद्युत प्राधिकरणको पाटन सव-स्टेशन प्रमुख पहाडी पक्राउ

काठमाडौँ : बिजुलीको पोल सार्न १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले नेपाल विद्युत प्राधिकरणका इन्जिनियरलाई पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका एक स्थानीयको जग्गामा गाडेको बिजुलीको पोल सारिदिन आग्रह गर्दा १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा प्राधिकरणको पाटन सव–स्टेशनका प्रमुख सोमप्रसाद पहाडी पक्राउ परेका हुन् ।
उनले सुरुदेखि पोल सार्न आनाकानी गरेका थिए । पछि घुस माग गरेपछि उनले पोल सारिदिने आश्वासन दिएका थिए । बिहीबार दिउँसो सेवाग्राहीबाट घुस लिने क्रममा १ लाख ४० हजार रुपैयाँसहित पहाडीलाई प्राधिकरणको पाटन सव–स्टेशनको कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ।
पाँचौ तहको सुपरभाइजर पदमा रहेका पहाडी विद्युत प्राधिकरणको पाटन सव–स्टेशन प्रमुख हुन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया