करेन्ट लागेर सिभिल इन्जिनियर ठाकुरको मृत्यु

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरी घर भई हाल ललितपुर गोदावरी बस्ने वर्ष २८ को अनिल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएको ठाकुरको जिल्ला अस्पताल संखुवासभामा बिहीबार दिउँसो २ बजे मृत्यु भएको प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । करेन्ट लागेर बेहोस भएका सिभिल इन्जिनियर ठाकुरलाई थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको थियो ।
बिहीबार बिहान सभापोखरी–३ बाह्रबिसे स्थित निर्माणाधीन स्वास्थ्य चौकी भवनको अनुगमन गर्ने छतमा पुगेका सिभिल इन्जिनियर ठाकुरलाई विद्युत् प्रसारण लाइनको तारबाट करेन्ट लागेर थियो । करेन्ट लागेर गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रमका जिल्ला अस्पतालमा मृत्यु भएको डिएसपी सुवेदीले बताए ।
सिभिल इन्जिनियर ठाकुर निर्माणाधीन स्वास्थ्य चौकी भवन हेर्ने केही दिन यता सभापोखरी गाउँपालिका आइपुगेको हुन् । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया