दाङबाट सुरु भयो ‘स्मार्ट लकडाउन’
तुल्सीपुर : कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दाङमा स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’को घोषणा गरेको छ । बिहीबार बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम बढेपछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बेलूकी ७ बजेपछि होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु बन्द गर्ने गरि स्मार्ट लकडाउन गर्ने निर्णय भएको जानकारी दिए । यस्तैसार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न नपाइने निर्णय भएको पनि उनले बताए । यस्तै माघीको अवसरमा मेला महोत्सव गर्न बन्देज लगाइएको छ ।
पाँच सयभन्दा धेरै संक्रमित भएमा स्मार्ट लकडाउन गर्ने अधिकार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा अहिलेसम्म १४ हजार जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै दाङमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया