एक डोज खोप र एक थान कार्डका लागी लाइन [फोटो फिचर]

काठमाडौँ : सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि काठमाडौँ उपत्यकाका अस्पतालमा खोप लगाउनेको भिड लाग्न थालेको छ । सीसीएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि अस्पतालमा खोप लगाउने र कार्ड बनाउनेको भिड लाग्न थालेको हो ।
अहिले दैनिक काठमाडौँमा रहेका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल अस्पताल र टेकु अस्पतालमा कोभिड खोप लगाउने र खोप कार्ड बनाउनेको भिड लाग्न थालेको देखिन्छ । खोप कार्ड बनाउनका लागि सर्वसाधारण घण्टौ लाइन लाग्ने गरेका छन् भने लामो समय पालो पर्खेर पनि कसैले खोप पाउन सकेका छैनन ।
सरकारल खोपको अतिरिक्त मात्रा लगाउनुका साथै खोपकार्ड समेत दिने भएपछि अस्पतालमा खोप लगाउनेको भिड बढ्न थालेको हो । पछिल्लो समय दैनिक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि सरकारले काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी गरेको छ । काठमाडौँ उपत्यकाका अस्पतालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोनसोन लगायतका खोप लगाउने काम भइरहेको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया