हिमपातपछि हुम्लाका दु:ख नि !

सिमकोट : हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।
आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।
चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ ।
चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि हुम्लाको उत्तरी क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् ।
चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए ।
सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ । उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन् । हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन् । आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने देखिएको छ । रासस
_N3VBWT6YsE_dst4gq1uvhwam0rpexep7njnpuv7jsjlcrxonllaviayyyzndafz5gwdyke5_cZjkYRsehh_pceqgxn3ertcu0kiej0ipg4z9zgupkgtngvcfr3k7mp6mq5jfpfstswn4x7c.jpg)
भिजिट भिसामा एक वर्षमै उडे पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_kKSw4xLw18_gpyutikyhtejgtsdz90ayunrzxldprakrvebzbmo5uxkhewfqooyzajf1hmy.jpg)
साउनको तेस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कोरियाको भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

एलोभेरासँग मुल्तानी माटो मिसाएर लगाउनुहोस्, हुन्छ अनुहार चम्किलो

राशिफलमा यस्तो छ तपाईंको भाग्य

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

प्रतिक्रिया