शुक्रबार २९ चैत, २०८१
Friday, April 11, 2025

उद्घाटन गर्न ठिक्क पारेकाे डान्स क्लबमा आगलागी

बुटवल- बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन प्लान बी डान्स क्लबमा केहीबेर अघिदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह र सैनामैनाका दमलक आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए । भोलि उद्घाटन गर्ने तयारी भैरहेक बेला आज आगलागी भएको हो ।