शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

खोप कार्ड नभए ए डिभिजन लिग हेर्न नपाइने

काठमाडौं– कोभिड–१९ को ग्राफ आकासिंदै गर्दा अब जारी ए डिभिजन लिगका खेलहरू खोप कार्ड बिना हेर्न नपाइने भएको छ । नवौं चरणका खेलबाट यस्तो नियम लगाइएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेल हेर्न जाने दर्शकले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने बाध्यकारी नियम लगाइएको छ।

खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरुको तापक्रम भने नापिनेछ । 

कतार एअरवेज ए सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल छ। अहिले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भइरहेको छ भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।