कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

मान्म : कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो । कालीकोटमा बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिनुभयो । “पछिल्लो चरणमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये छ महिला र सात पुरुष रहेका छन्”, उनले भने, “विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयावहरुपमा लिएको छ ।”
कोभिड–१९ का सङ्क्रमित विभिन्न होमआइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए । जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया